५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी थप तीन वर्ष नेपाली फुटबलको प्रशिक्षक रहने


१० कात्तिक, काठमाडौँ । नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी थप तीन वर्षे सम्झौता गर्न सहमत भएका छन् । अखिल नेपाल फुटबल संघ(एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पा र क्युएफए पदाधिकारीहरुसँगको छलफलपछि प्रशिक्षक अल्मुताइरीले थप ३ वर्षको लागि नयाँ सम्झौता गर्ने निर्णय गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,’ कर्मा छिरिङ शेर्पा र क्युएफए पदाधिकारीहरुसँगको भेटपछि मैले नेपालमा मेरो जागिरलाई निरन्तरता दिन अखिल नेपाल फुटबल संघसँग ३ वर्षको लागि नयाँ सम्झौता गर्ने निर्णय गरेको छु र सहयोग गरेकोमा कतार फुटबल संघलाई धन्यवाद । र मलाई नेपाल फर्काउनको लागि सबै कुरा गरेकोमा धन्यवाद ।’ उनले थप लेखेका छन्, ‘आगामी दुई वर्षको लक्ष्य र योजना छिट्टै सार्वजनिक गर्छौं,’ नेपाली फुटबललाई अर्को स्तरमा पुर्‍याउने मेरो बाचा छ, तर हामीलाई समय दिनुस् ।’

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार १६:०९