२३ बैशाख २०८१, आईतवार | Sun May 5 2024

एएफसी यू–२३ एसियन कप छनोटः नेपाल र इराक खेल्दै


८ कात्तिक, काठमाडाैँ । एएफसी यू–२३ एसियन कप छनोटको पहिलो खेलमा आज (सोमबार) नेपालले बलियो टिम इरानविरुद्ध प्रतिस्पर्धा गर्दै छ । ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपालले इरानको सामना गर्न लागेको हो । खेल नेपाली समयअनुसार अपरान्ह ४ः४५ बजे सुरु हुनेछ ।

फिफा बरियतामा एसियाको शीर्षस्थानमा रहेको इरानविरुद्ध मैदान उत्रिँदा नेपाल सुखद सुरुवात गर्ने योजनामा हुनेछ । नेपाल कम्तिमा इरानलाई रोक्ने दाउमा हुनेछ । खेलअघि प्रशिक्षक बालगोपाल महर्जन र कप्तान अर्पण कार्कीले राम्रो नतिजाको लागि खेल्ने बताएका छन् ।

पछिल्लो दुई संस्करणमा नेपालको प्रदर्शन यस प्रतियोगितामा राम्रो हुन सकेको छैन । खेलेका ६ खेलमा हार ब्यहोरेको नेपालले कुनै पनि गोल गर्न सकेको छैन ।

यसपटक राष्ट्रिय टोलीका नियमित ६ र बाँकी पाँच खेलाडी बोकेर ताजकिस्तान उडेको नेपाली टोली उच्च मनोबलकासाथ इरानबिरुद्ध खेल्दै छ ।

नेपालले यू–२३ एसियन कप छनोटमा इरानसँग दोस्रो पटक खेल्न लागेको हो । यसअघि नेपालले सन् २०१५ मा इरानसँग उसैको घरेलु मैदानमा खेलेको थियो । त्यस खेलमा इरानले नेपाललाई ५–० ले पराजित गरेको थियो ।

नेपालको समूह ‘बी’को दोस्रो प्रतिद्वन्द्वी हो आयोजक ताजकिस्तान । फिफा बरियतामा ११८औँ स्थानमा रहेको ताजकिस्तानसँग नेपालले ११ गते खेल्नेछ । यस्तै, तेस्रो प्रतिद्वन्द्वी लेवनानसँग नेपालले १४ गते खेल्नेछ । समूह बिजेता फाइनल चरण छनोट हुनेछ ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार ०८:१०