१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु

७ साउन,भीमदत्तनगर, । खाल्डोमा जमेको पानीमा डुबेर कञ्चनपुर महाकाली नगरपालिका–१ डाँडा टोलका आठ वर्षीय अस्मित सुनारको आज मृत्यु भएको छ ।

महाकाली नदी किनारमा रहेको खाल्डोमा नुहाउने क्रममा डुबेर स्थानीय शंकर सुनारका छोरा अस्मित बेहोस भएका थिए । उनको उपचारका क्रममा दोधारा चादँनीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको इलाका प्रहरी कार्यालय दोधारा चादँनीका प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ७ श्रावण २०७५, सोमबार २१:०९