१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

ज्यान मारेर फरार तीनजना पक्राउ

७ साउन,काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले ज्यान मार्ने उद्योगमा फरार तीनजनालाई पक्राउ गरेको छ ।

परिसरले मानबहादुर दुरैली विकको हत्यामा संलग्न रामेछापका २२ वर्षीय रमेश दुरैली विक, २८ वर्षीय गोपाल दुरैली विक, २३ वर्षीय सुजन दुरैली विकलाई आइतबार पक्राउ गरी आज सार्वजनिक गरिएको हो ।

परिसरका प्रवक्ता मोहनकुमार थापाले २०७० पुस १६ मा मानबहादुरको हत्यामा संलग्न श्यामकुमार राईको जाहेरीका आधारमा पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेका तीनैजनालाई आवश्यक कारबाहीका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको प्रवक्ता थापाले बताउनुभयो ।

प्रकाशित मिति : ७ श्रावण २०७५, सोमबार १९:५६