१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

यौन प्रस्ताव अस्वीकार गर्दा ६९ वर्षीया बृद्धाको मुक्का प्रहार गरी हत्या

७ साउन, गुल्मी । यौन सम्पर्कको प्रस्ताव अस्वीकार गरेको भन्दै ४२ वर्षीय गोकुल सार्कीले गुल्मीमा ६९ वर्षीया बुद्धाको मुक्का प्रहार गरी हत्या गरेको खुलेको छ ।

चन्द्रकोट गाउँपालिका ४ शान्तिपुर, डाँडा वनका सार्कील सोही ठाउँकी बृद्धाको हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख, प्रहरी उपरीक्षक अनुरागकुमार दिग्बेदीले बताएका छन् ।

साउन ४ गते साँझ ७ वजे मदिराको मातमा गोकुलले बृद्धासँग यौन सम्पर्कको प्रस्ताव राखेको र अस्वीकार भएपछि बृद्धाको हत्या गरेको प्रहरी उपरीक्षक दिग्बेदीले जानकारी दिए ।
सार्कीले आफ्नो प्रस्ताव अस्वीकार गरेपछि कन्चट र छातीमा मुक्का प्रहार गरी बृद्धाको हत्या गरेको बयान प्रहरीलाई दिएका छन् ।

प्रकाशित मिति : ७ श्रावण २०७५, सोमबार १७:४७