५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

साफ च्याम्पियनसिपको फाइनल हेरेर स्वदेश फर्किन नपाउँदै राखेप सदस्य सचिव बर्खास्त


१ कात्तिक, काठमाडाैँ । साफ च्याम्पियनसिपको फाइनल खेल हेर्न माल्दिभ्स पुगेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवाल स्वदेश फर्किन नपाउँदै सरकारले बर्खास्त गरेको छ ।

गत हप्ता अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्माछिरिङ शेर्पासँग माल्दिभ्स राजधानी माले पुगेका सदस्य सचिव सोमबार राति ९ बजे अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका छन । सरकारले भने सदस्यसचिव सिलवाल काठमाडाैँ  फर्किन नपाउँदै मन्त्रिपरिषद् बैठक मार्फत बर्खास्त गरेको हो ।

शनिबार भएको फाइनल खेलमा नेपाल भारतसँग ३-० गोल अन्तरले पराजित भएको थियो । १३औं संस्करणको साफ च्याम्पियनसिपको इतिहासमा नेपाल पहिलो पटक २८ वर्षपछि फाइनल पुगेको हो । नेपाली टिम भने साेमबाच बिहानै स्वदेश फर्किसकेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलवार ०८:१४