२ असार २०८१, आईतवार | Sun Jun 16 2024

दशैँको अवसरमा प्रथम मलिथम फुटवल च्याम्पियनसिप कप २०२१


३१ असोज, उदयपुर । उदयपुरको बेलका नगरपालिका– १ जनता बेलका माबि पुरन्दहको खेल मैदानमा मलिथम थारु सेवा समाज उदयपुरले बडा दशैको अबसरमा प्रथम मलिथम फुटवल च्यामपिएनशिप कप २०२१ आयोजना गरेको छ ।

थारु समुदायको बिकास तथा लागू पदार्थ दुव्र्यसनीको बढ्दो बिकृति कम गर्ने अभियानअन्तर्गत थारु समुदायको युवालाई लक्षित गरी खेलको आयोजना गरिएको मलिथम थारु सेवा समाज उदयपुरका अध्यक्ष संजय चौधरीले बताए ।

सहभागी आठ टिममध्ये लक्ष्मिपुर एफसी र टिएफसि ज्यामिरे पहिलो चरणमा शनिबार उद्दघाटन खेल खेल्दैछ । यस्तै, दोस्रो चरणमा चौदण्डीगढी एफसी र हिमालयन युवा क्लव मोथियाहीबीच खेल हुदैछ ।

कार्तिक २ गते हुने फाइनलमा विजेताले नगद २५ हजारसँगै ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन भने उप बिजेताले ट्रफी,मेडल र प्रमाण पत्र संगै नगद १५ हजार प्राप्त गर्ने खेलकुद व्यवस्थापक कृष्णमान चौधरीले बताए ।

थारु समुदायलाई लक्षित गरी सञ्चालन हुन गइ रहेको प्रथम मलिथम फुटवल च्यामपिएनशिपको उद्दघाटन प्रदेश १ प्रदेश सभा सदस्य माननीय सुनिताकुमारी चौधरीले गरेकी थिइन् ।

प्रकाशित मिति : ३१ आश्विन २०७८, आईतवार ०७:५९