३ जेष्ठ २०८१, बिहीबार | Thu May 16 2024

यसवर्ष मेरो दसैँ छैन : पूजा शर्मा


जुठो परेकाले यसपालि दसैँ छैन मेरो । मलाई खासमा दसैँ भन्दा तिहार निकै मनपर्छ । झण्डै दुई बर्ष यता कोरोनाका कारण सबैलाई घरको घरमा थन्क्याइ रहेको थियो । अब भने स्थिति सामान्य बन्दै गइरहेको छ । फिल्म पनि रिलिज हुन लागेको छ । त्यसैले यसपालि धेरै खुशी लागेको छ ।

टीका लगाउन नहुने भए पनि दसैँले आफ्न्त, आफ्ना मान्छे भेटघाट, कुराकानी गर्ने अवसर जुटाइदिन्छ । त्यो नै खुशीको कुरा हो । म सम्पूर्ण नेपालीमा दसँैको हार्दिक शुभकामना ब्यक्त गर्न चाहन्छु ।

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहीबार १५:२६