३ जेष्ठ २०८१, बिहीबार | Thu May 16 2024

दाजु-भाउजूको हातबाट टीका लगाउँछु, ठाकुर गैरे, नेता, एमाले


दसैँ मनाउन पाल्पा आइपुगेको छु । शुभकामना आदानप्रदान, पारिवारिक भेटघाट, टिका लाउने यसरी नै बित्छ । बुवाआमा हुनुहुन्न । दाजुभाउजूको हातबाट टीका लगाउँछु । शुभचिन्तकलाई टीका लगाउने गरेको छैन ।

परिवारको बीचमा परिवारका सदस्यबाट टीका थाप्ने र लगाइदिने हुन्छ । मेरो घुमघामको योजना छैन । पार्टीका तर्फबाट आयोजना हुने शुभकामना कार्यक्रममा सहभागी हुन्छु । छिमेक साथीभाइ भेटघाट हुन्छ । दसैँतिहार जस्ता चाडपर्वले सामाजिक सद्भाव बलियो बनाउने र राष्ट्रिय एकतालाई सुदृढ गर्ने, आफन्त, परिवारजन र साथीभाइसँग पुनर्मिलन हुनेर सुखदु:ख बाँड्ने अवसर पनि हो ।

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार १४:३४