४ मंसिर २०८३, बिहिबार | Thu Nov 19 2026

तेस्रो अकिआस फुटसल कपको उपाधि गोसाईंकुण्ड बोइज धुन्चेलाई

https://www.muktinathbank.com.np/online/loan-application

२३ असोज, रसुवा । तेस्रो अकिआस फुटसल कपको उपाधि गोसाईंकुण्ड बोइज धुन्चेले हात पारेको छ । सोमबारदेखि सदरमुकाम धुन्चेमा सञ्चालन गरिएको जिल्लाकै सर्वाधिक राशिको फुटसल प्रतियोगिताको उपाधि गोसाईंकुण्ड बोइज धुन्चेले हात पारेको हो । त्यसैगरी उत्तरगया युनिक क्लब बेत्रावती दोस्रो भएको छ भने छोलिङ फ्रेन्डशिप ग्रुप धुन्चे तेस्रो भएको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः १ लाख ३५ हजार, ६५ हजार र ३५ हजार रुपैयाँ नगदसहित ट्रफि, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको आयोजक शैक्षिक, ज्ञानी, बौद्धिक र प्रज्वलित समाज (अकिआस) का अध्यक्ष निवेश श्रेष्ठले बताए ।

त्यसैसरि, तेस्रो अकिआस फुटसल प्रतियोगिताको सम्पन्न खेलमा उत्कृष्ट खेलाडी गोसाईंकुण्ड बोइज धुन्चे टिमका शेर बहादुर घले बनेका छन् भने उत्कृष्ट गोल रक्षक गोसाईंकुण्ड बोइज धुन्चेका किपर पासाङ तामाङ, उच्च गोलकर्ता छोलिङ फ्रेन्डशिप ग्रुपका निमा वाङज्यु तामाङ भएका छन् । निमा वाङज्यु तामाङले १८ गोल गरेको बताइएको छ ।

फुटसल खेलको विकासको उद्देश्यले गत सोमबारदेखि शनिबारसम्म सदरमुकाम धुन्चेस्थित बालमन्दिरमा प्रतियोगिता सञ्चालन गरिएको थियो । यो जिल्लाकै सर्वाधिक पुरस्कार राशि भएको प्रतियोगिता रहेको श्रेष्ठले बताए । यसअघि अकिआसले जिल्लामा फुटसलका खेलहरू सञ्चालन गरेका छ ।

खेल प्रवर्द्धन, शारीरिक व्यायाम, मनोरञ्जनका लागि फुटसल प्रभावकारी हुने भएकाले प्रतियोगिता सञ्चालन गरिएको अकिआसका अध्यक्ष श्रेष्ठले बताए । नेपालमा सन् २०११ देखि भित्रिएको फुटसल युवामाझ बढी लोकप्रिय छ । शारीरिक व्यायामका लागि पनि फुटसल उपयुक्त मानिन्छ । यो खेलको सुरुवात सन् १९३० मा ब्राजिलबाट सुरु भएको हो ।

प्रकाशित मिति : October 9, 2021 at 9:29 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/