१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

करको दायरा घटाउन राप्रपा अध्यक्ष राणाकाे माग

६ साउन, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशम्शेर राणाले चालु आवमा सरकारले घर, जग्गालगायतका सम्पत्ति तथा इन्टनेट शीर्षकमा वृद्धि गरेको करको दायरा घटाउन माग गर्नुभएको छ ।

रिपोर्टर्स क्लबले आज  आयोजना गरेको साक्षत्कारमा उहाँले पेट्रोलियम पदार्थ सर्वसधारणलाई बिक्री गर्दा सरकारले प्रति लिटर २५ पैसा अतिरिक्त शुल्क असुल गर्ने निर्णय वैज्ञानिक र सामाजिक न्यायको पक्षमा नरहेको बताउनुभयो ।

पैतिृक सम्पत्तिमा समेत ५ प्रतिशत लाभकर तिर्नुपर्ने र जग्गा किनबेच गर्दा दुबै पक्षले थैलीको १२।५ प्रतिशत राजिनामा पारित दस्तुर कर तिर्नुपर्ने बाध्यात्मक व्यवस्था छ । यसले साना किसान, व्यवसायीलगायत विपन्न जनतालाई ठूलो मर्का परेको अध्यक्ष राणाको भनाइ थियो ।

बजारमा आकासिँदै गएको महँगी तथा खाद्य पदार्थको भाउ बढेकामा उहाँले चिन्त व्यक्त गर्दै सरकारले कालोबजारीयालाई नियन्त्रण गर्न नसकेकाले जनतालाई समस्या भएको बताउनुभयो ।

चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि अनशनरत केसीसँग तत्काल वार्ता गरेर समस्या समाधान गर्न, कर वृद्धिका कदम तत्काल फिर्ता लिएर जनतालाई महँगीको मारबाट बचाउन राहत कार्यक्रम ल्याउन राप्रपाले सरकारलाई आग्रह गरेको छ

प्रकाशित मिति : ६ श्रावण २०७५, आईतवार १६:५६