१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

विश्व हिन्दु महासंघका अध्यक्ष  भरतकेशर सिंहको निधन

६ साउन, काठमाडौँ । विश्व हिन्दू महासंघका अध्यक्ष भरतकेशर सिंहको निधन भएको छ । सिंहको ललितपुरस्थित बयोधा अस्पतालमा उपचारका क्रममा अाज बिहान निधन भएको हो ।  सिंहको आइतबार बिहान  निधन भएको परिवार स्राेतले जानकारी दिएकाे छ ।


सिंहकाे हृदयाघातका कारण निधन भएको  अस्पताल स्रोतले जानकारी दिएको छ । उनकाे पार्थिव शरीरलाई दिउँसो साढे १२ बजे अन्तिम श्रञ्द्धाञ्जलीका लागि केहीबेर वनकालीमा राखिने र आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने विश्व हिन्दु महासंघले जानकारी दिएको छ ।

सिंह पूर्वशाही पार्रश्ववर्ती अर्थात् तत्कालीन राजाका एडीसीसमेत हुन् । ज्ञानेन्द्रकाे शाही शासनपछि दलहरूलार्इ सार्वजनिक अालाेचना गरेर उनी विशेष चर्चामा अाएका थिए । पूर्वराजा ज्ञानेन्द्र शाहनिकट सिंह नेपाली सेनाका पूर्वउपरथी हुन् ।

प्रकाशित मिति : ६ श्रावण २०७५, आईतवार १०:००