१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

दुर्इ छोरा र एक छोरीसहित डोटीको धौली बोहरा सेती नदीमा हाम फालिन, एक बचे, तीन वेपत्ता

५ साउन, डोटी । डोटीको आदर्श गाँउपालिकामा एकै परिवारका चार जनाले सेती नदीमा हाम फालेका छन् । हाम फालेका मध्ये एक जना बचे पनि तीन जना वेपत्ता भएका छन । प्रहरीका अनुसार हाम फालेकामध्ये ६ वर्षीय सुनिल वोहरा सेती नदीमा माछा मार्दै गरेका मानबहादुर विकले बचाउन सफल भएका थिए ।

प्रहरीका अनुसार बमहहादुर बोहराकी श्रीमतीसहित दुई छोरा र एक छोरी हुन् । बोहराकी २८ वर्षीया श्रीमती धौली बोहरा, १२ वर्षीया छोरी राधिका बोहरा, ८ वर्षीय छोरा सुरेन्द्र बोहरा र ६ वर्षीया छोरा सुनिल बोहराले सामूहिक रुपमा सेती नदीमा हाम फालेको इलाका प्रहरी कार्यालय दिपायलका प्रहरी सहायक निरीक्षक डबलबहादुर कठायतले जानकारी दिएका छन ।

फाइल तस्बीर ।

प्रहरीले वेपत्ताको खोजी कार्यसँगै शनिबार धौलीका श्रीमान् बमबहादुर बोहरासहितको टोलीलाई जिल्ला प्रहरी कार्यालयमा हाजिर हुन बोलाएको जनाउँदै के कारणले हामफाले भन्ने कुरा त्यसपछि पत्ता लाग्ने बताएका छन ।

प्रकाशित मिति : ५ श्रावण २०७५, शनिबार १२:०५