विश्वकपको उपविजेता क्रोएसियाली खेलाडी कालिनिचले पदक लिन मानेन्
५ साउन, काठमाडौँ । क्रोएसियाका फुटबल खेलाडी निकोला कालिनिचले विश्वकपको पदक लिन अस्वीकार गरेका छन् । उपविजेता बनेको क्रोएसियाका खेलाडी कालिनिचले आफूलाई पहिले नै घर फर्काएको भन्दै पदक लिन अस्वीकार गरेका हुन् ।
उनले रुस विश्वकपमा नाइजेरियाविरुद्धको एउटा खेलमा मात्रै बेञ्चमा बसेका थिए । नाइजेरियासँगको खेलमा ढाडमा समस्या भएका कारण कालिनिच सब्स्टिच्यूटका रुपमा मैदान प्रवेश गर्न उनले अस्वीकार गरेका थिए ।
खेलको ८५ औँ मिनेटमा प्रशिक्षक ज्लाटको डालिचले उनलाई मैदान प्रवेश गराउन खोजे पनि उनले ढाडमा समस्या भएको भन्दै अस्वीकार गरेका थिए ।
प्रकाशित मिति : ५ श्रावण २०७५, शनिबार ११:५१