१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

इसेवा मनि ट्रान्सफरले ल्यायो ‘चाड पर्वको बहार, दिनदिनै उपहार’ योजना

५ असाेज, काठमाडाैँ । इसेवा मनि ट्रान्सफरले नेपालीको महान चाड दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘चाड पर्वको बहार, दिनदिनै उपहार’ योजना सार्बजनिक गरेको छ।

यस योजनाअन्तर्गत इसेवा मनि ट्रान्स्फरमार्फत रेमिट्यान्स् पठाउने व्यक्तिहरुमध्येबाट एक जना भाग्यशाली विजेताले हरेक दिन मिक्सर, हरेक हप्ता रेफ्रिजेरेटर, हरेक महिना स्मार्ट टीभी तथा बम्पर उपहारमा एक जनाले होन्डाको डियो स्कुटी जित्न सकिनेछ।

यस योजनामा सहभागी हुन विश्वभर रहेका २०० भन्दा बढी मुलुकबाट इसेवा मनि ट्रान्सफर मार्फत रेमिट्यान्स् पठाउनुपर्नेछ। यस्तै इसेवा मनिका नेपालभर रहेका ८ हजार बढी एजेन्ट नेटवर्कमार्फत आन्तरिक रुपमा विप्रेषण पठाएमा पनि यस योजनामा सहभागी हुन सकिन्छ।

यस योजनामा ६० जनाले मिक्सर,८ जनाले रेफ्रिजेरेटर,२ जनाले स्मार्ट टीभी र एकजना भाग्यशाली विजेताले बम्पर उपहारमा होन्डाको डियो स्कुटी जित्न सकिनेछ। यो योजना असोज २ गतेदेखि मंसिर २ गतेसम्म सञ्चालन हुनेछ।

इसेवा मनि ट्रान्सफरले डिजिटल तथा परम्परागत शैलिको माध्यमबाट इसेवा वालेट तथा ६५ भन्दा बढी बैंक खातामा विपे्रषण रकम भित्राउँदै आएको छ। इसेवा मनि ट्रानसफरले आफ्ना सेवाग्राहीलाई ८ हजारभन्दा बढी एजेन्ट सञ्जालमार्फत पनि विपे्रषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ।

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका १ करोड १० लाखभन्दा बढी जनसंख्या र १ लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट गु्रपको भगिनी कम्पनी पनि हो।

प्रकाशित मिति : September 21, 2021 at 6:02 pm