करेन्ट लागेर हुम्लाकी जसमती भण्डारीको मृत्यु
४ साउन,हुम्ला । करेन्ट लागेर आज अपराह्न सिमकोट गाउँपालिका–२ की ४६ वर्षीया जसमती भण्डारीको मृत्यु भएको छ ।
बारीमा कोदो गोड्न लागेका बेला करेन्ट प्रवाह भइरहेको खम्बामा छुँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 20:39









