१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

नक्कली सुन देखाएर ठगी गर्ने नुवाकोटका म्याङ्सिङ लामासहितका तीन जना पक्राउ

४ साउन,काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले एक किलोग्राम नक्कली सुन देखाई ठगी गर्ने तीनजनालाई पक्राउ गरेको छ ।

परिसरको टोलीले चावहिल, कोटेश्वर र कपन क्षेत्रमा नक्कली एक किलोग्रामको बिस्कुट र एक थान बेरुवा औँठी बेच्न हिँडेको अवस्थामा सिन्धुपाल्चोकका राज लामा, नुवाकोटका म्याङ्सिङ लामा र सोलुखुम्बुका टासीलाक्पा शेर्पालाई बिहीबार चुच्चेपाटीबाट पक्राउ गरेको हो ।

परिसरका प्रमुख विश्वराज पोखरेलले आज पत्रकार सम्मेलन गरी नक्कली सुनको नक्कली बिल बनाएर सक्कली भन्दै बेच्न हिँडेको अवस्थामा नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।

पक्राउ परेका राज लामाको यसअघि महानगरीय प्रहरी वृत्त बौद्ध र महाराजगञ्जमा ठगी मुद्दा चलेको र टासीलाक्पा शेर्पा कर्तव्य ज्यान मुद्दामा १० वर्ष जेलजीवन बिताएको अनुसन्धानमा खुलेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : ४ श्रावण २०७५, शुक्रबार १७:५१