१२ जेष्ठ २०८३, मंगलबार | Wed May 27 2026

बिल मिलाउन नमानेपछि सिरहाको कर्जन्हा नगरपालिकाका मेयर पासवानले कर्मचारी कुटे

४ साउन, सिरहा । नेकपाका नेता समेत रहेका सिरहाको कर्जन्हा नगरपालिकाका मेयर गंगा पासवानले बिल मिलाउन नमानेको भन्दै कर्मचारीलाई कुटेका छन । नगरपालिकाले किनेको जेसीबीको भ्याट बिलबिना नै भुक्तानीको लागि कागजपत्र तयार पार्न आग्रह गर्दा कर्मचारीले नमानेपछि पासबानले नगरपालिकाका जिन्सी शाखा तथा प्रशासन शाखा प्रमुख बलिराम यादवलाई कुटेका हुन ।

चार दिनअघि काठमाडौंबाट बिक्रेता कम्पनीले पठाइदिएको जेसीबी मेसिनको भुक्तानीको लाग बिल भर्पाई मिलाउन मेयर गंगा पासवालले दबाब दिएपछि आफूले भ्याट बिलबिना यसको काजगपत्र मिलाउन नसकिने बताएपछि आफूमाथि आक्रमण गरेको यादवले बताएका छन ।

यादव न्यायका लागि जिल्ला प्रशासन कार्यालय सिरहा गएका छन । उनले सिडिओ र समन्वय समितिको अध्यक्षलाई आफूले कुटाइ खाएको बारेमा जानकारी गराएको बताए ।

प्रकाशित मिति : July 20, 2018 at 3:37 pm