२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

क्यानडाद्वारा भरतपुर आंँखा अस्पताललाई ५ सय थान चस्मा  हस्तान्तरण

४ साउन,चितवन । क्यानडाको टोरण्टो शहरस्थित लिसाइड सेन्टिनियल लायन्स क्लबले भरतपुर आंँखा अस्पताललाई ५०० थान चस्मा सहयोग स्वरूप उपलब्ध गराएको छ ।

 

अस्पतालमा आज आयोजित कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष डा तुलसी धरेलले नेपाल नेत्रज्योति संघका जिल्ला सभापति कृष्णराज धरेल, आंँखा अस्पताल सञ्चालक समितिका अध्यक्ष चिजकुमार मास्के र मेडिकल डाइरेक्टर प्राडा रघुनन्दन बेञ्जुलाई ती चस्मा हस्तान्तरण गर्नुभएको थियो ।

क्यानडाबाट हालै नेपाल आउनु भएका धरेलले करीब रु चार लाख बराबरको ती चस्मा हस्तान्तरण गरिएको र आउँदा दिनमा पनि आंँखा अस्पताललाई सक्दो सहयोग गर्ने बताउनुभयो । अस्पतालका अध्यक्ष मास्केले ती चस्मा गरीब, असहायलाई प्रदान गरिने जानकारी दिनुभयो ।

प्रकाशित मिति : ४ श्रावण २०७५, शुक्रबार १८:५७