२९ कार्तिक २०८१, बिहीबार | Fri Nov 15 2024

चोभार मञ्जुश्री धार्मिक सांस्कृतिक महोत्सव हुने

३ साउन, काठमाडौँ । दहको रूपमा रहेको काठमाडौ उपत्यकाको पानी बगाउन चोभारको डाँडा काट्ने मञ्जुश्री र चोभारको ऐतिहासिकधार्मिक पहिचान जगाउने उद्देश्यले चोभार मञ्जुश्री धार्मिक सांस्कृतिक महोत्सव २०७५को आयोजना हुने भएको छ ।

विभिन्न कार्यक्रमहरू गरी साउन १३ देखि २१ गतेसम्म यो महोत्सवको आयोजना गर्न लागिएको आयोजक समितिले जनाएको छ । महोत्सवमा सहभागी हुन समितिले सबैमा आग्रह गरेको छ । साउन १३ गते बिहान १०बजे शोभाकलशयात्रा, १ बजे उद्घाटन कार्यक्रम रहेको छ ।

साउन १४ गतेदेखि साउन २० गतेसम्म ५ बजे देखि ६बजेसम्म योग शिविर सञ्चालन, ६ः३० बजे देखि ८बजे सम्म मण्डप पुजा सञ्चालन, ८ः३० बजे देखि १०ः३० बजेसम्मभावगत पाठपरायण सञ्चालन, विहान ११ बजेदेखि साझ ४बजेसम्म संगीतमयकथावाचन, साँझ ४बजेदेखि ५बजेसम्मअतिथि सम्मानकार्यक्रम, साँझ ५बजेबाट आरतिपुष्पाञ्जली प्रसाद वितरण कार्यक्रम र साँझ७बजे दवलीलीझाँकी, भजन, महात्म्य कथा प्रवचन कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

यसैगरी साउन २० गते साँझ लाखबत्ती ,द्विपप्रज्ज्वलन कार्यक्रम र साउन २१ गते विशेष पुजा, वर्तबन्ध र चौरासीपुजा गरी महोत्सव पूर्णाहुति कार्यक्रम रहेको जनाइएको छ ।

महोत्सवका प्रमुख कथावाचक युवा सन्त श्री बाल योगेश्वर महाराज र श्री बासुदेव घिमिरे सहयोगी कथा वाचक रहनु भएको धार्मिक महोत्सव मूल आयोजक समिति तथा जलविनायक सामुदायिक वनउपभोक्ता समितिका अध्यक्ष इन्द्रबहादुर महर्जनले जनाएका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०७५, बिहीबार ०७:३३