२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

एमसीसी नेपालका लागि विष होः सांसद सुवाल

२५ भदाै, काठमाडाैँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसी नेपालका लागि विष सरह हुने टिप्पणी गरेका छन । शुक्रबारको संसद बैठकमा बोल्दै सांसद सुवालले एमसीसी सम्झौता पारित गर्नु नेपाली नागरिकका लागि ‘विष सरह’ हुने टिप्पणी गरे ।

सांसद सुवालले विश्वलाई नै दुःख दिने नियतका साथ आएको याे सम्झौताबारे द्विविधामा नपर्न प्रतिनिधि सभाका सांसदहरूलाई समेत आग्रह गरे ।

नेपाल भ्रमणमा आउनुभएकी एमसीसी उपाध्यक्ष फातिमा सुमारप्रति सङ्केत गर्दै उनले अमेरिकी अधिकारीले याे सम्झौताको सम्बन्धमा सय थरी कुरा गरिरहेको उल्लेख गर्दै त्यस्ता कुरामा फस्न नहुने भन्दै सचेत गराए ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार १५:१८