२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

व्यापारी युवराज खतिवडा पोखराबाट पक्राउ

२५ भदाै, पोखरा । पोखरामा पछिल्लो समय सटर बनाउँदै भाडामा लगाउने सटर व्यापारी युवराज खतिवडालाई प्रहरीले पक्राउ गरेको छ ।

फेवाताल किनारमा मापदण्ड विपरित जग्गा पुर्ने र पर्खाल लगाएको आरोपमा उनलाई पक्राउ गरिएको हो । गुण्डागर्दी पृष्ठभूमीका खतिवडा पछिल्ला दिनमा सटर व्यापारमा जमेका छन् ।

उनले सटर व्यापारकै लागि पोखरा १८ सेदीमा सीमसार पुरेर संरचना निर्माण गरिरहेका छन् । पटक पटक सचेत गराउँदा पनि पुर्ने क्रम नरोकिएपछि पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।

‘यसअघि पनि सचेत गराइएको हो । तर पुर्न छोड्नुभएन,’ प्रहरी प्रवक्ता सुवास हमालले भने, ‘बाध्य भएर पक्राउ गरिएको हो ।’

खतिवडाले सम्झाउने क्रममा प्रहरीमाथी अभद्र व्यवहार पनि गरेको हमाल बताउँछन् । उनलाई प्रहरीमाथि अभद्र व्यवहारसम्बन्धी मुद्दामा थप अनुसन्धानका लागि कास्की अदालतबाट म्याद थप गरिएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार १४:१८