२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

संसद बैठकमा सभामुखको जबर्जस्ती, एकपक्षीय रूपमा बैठक अघि बढाए

२५ भदौ, काठमाडौँ । सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभाको बैठक जबर्जस्ती अघि बढाएका छन । संसदको सबैभन्दा ठूलो दल प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठक सञ्चालनमा अबरोध सर्जना गरेपनि सभामुखले जबर्जस्ती बैठक सञ्चालन गरेका हुन ।

सभामुखको भूमिका निष्पक्ष नभएको भन्दै प्रश्न उठाएको एमालेले आज पनि संसदमा रोष्ट्रम घेरेर बैठकमा अबरोध गरेको छ । एमालेका सांसदहरूले रोष्ट्रम घेरेर निरन्तर नाराबाजी गरेपछि सभामुख अग्नी सपाकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए । त्यसपछि सुरू भएको बैठकमा पनि एमालेले बिरोध जनाएपछि सभामुखले जबर्जस्ती अघि बढाएका छन ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार १४:०६