१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

केसी समर्थकले चिरपट र बोतल आक्रमण गर्दा जुम्लामा तीन प्रहरी घाइते (प्रहरीको विज्ञप्तिसहित)

३ साउन, काठमाडौँ । नेपाल प्रहरीले चिकित्सक गोविन्द केसीका समर्थकको आक्रमणबाट तीन प्रहरी घाइते भएको जनाएको छ । बिहीबार साँझ विज्ञप्ति मार्फत प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले केसी समर्थकको आक्रमणबाट तीन जना प्रहरी अधिकारी घाइते भएको र तीनै जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको जनाएको छ ।

प्रहरीले गोली लागि प्रहरी जवान कमल आचार्यको मृत्यु भएको भन्ने समाचारमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रहरीले गलत समाचारका कारण परिवारमा मनोवैज्ञानिक र भावनात्मक आघात पुगेको भन्दै संयमित भएर समाचार सम्प्रेषण गर्न आग्रह गरेको छ ।
प्रहरीको विज्ञप्ति यस्तो छ ।

प्रकाशित मिति : ३ श्रावण २०७५, बिहीबार २१:२७