१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

भक्तपुर बस दुुर्घटनामा ५८ विद्यार्थी घाइते

३ साउन,भक्तपुर । काठमाडौँको मूलपानीस्थित क्रिश्चियन कम्युनिटी स्कूलबाट विद्यार्थी लिएर भक्तपुरको थिमितर्फ आउँदै गरेको बा २ क ९२५० नं को स्कूल अआज अपराह्न ५ बजेतिर मध्यपुरथिमिको नीलबाराहीमा दुर्घटना हुँदा ५८ विद्यार्थी घाइते भएका छन् ।

दुर्घटनामा घाइतेमध्ये ४१ जनाको मध्यपुर अस्पताल र १७ जनाको गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये गम्भीर पाँच जनाको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको महानगरीय प्रहरी वृत्त थिमीका प्रहरी नायब उपरीक्षक मनोज केसीले जानकारी दिनुभयो । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

प्रकाशित मिति : ३ श्रावण २०७५, बिहीबार १९:३५