२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

काठमाडाैँ उपत्यकामा असोज १ गतेदेखि विद्यालय खुल्ने


२१ भदाै, काठमाडाैँ । काठमाडाैँ उपत्यकामा आगामी असोज १ गतेदेखि विद्यालय खुलाउने निर्णय भएकाे छ । सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले सबै सरकारी र निजी विद्यालयलाई कोभिड प्रोटोकल पालना गर्दै खुलाउन अनुमति दिने निर्णय गरेको हो ।

सांकेतिक तस्विर

जिल्ला प्रशासन कार्यालय, जिल्ला शिक्षा कार्यालय र काठमाडौँ नगरपालिकाको संयुक्त बैठकले असोज १ गतेदेखि विद्यालय खुलाउने निर्णय गरेको काठमाडौँका सीडीओ कालिप्रसाद पराजुलीले जानकारी दिए ।

भदौ १६ गते बसेको डीसीसीएमसीको बैठकले भौतिकरुपमा विद्यालय संचालन गर्नुपर्ने भए प्रशासनको अनुमतिमा कोभिड प्रोटोकल पालना गर्दै संचालन गर्न सकिने निर्णय गरेको थियो

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार १७:४६