डा गोविन्द केसीलाई काठमाडौँ ल्याउन रोक्ने कांग्रेस कार्यकर्ता माथि प्रहरी हस्तक्षेप
३ साउन, जुम्ला । जागिर खान नगएपनि अनसन बस्नैका लागि जुम्ला पुगेक त्रिवि शिक्षण अस्पतालका चिकित्सक गोविन्द केसीलाई काठमाडौँ ल्याउन खोज्दा अबरोध गर्ने कांग्रेस कार्यकर्ता र स्थानीय केसी समर्थक माथि प्रहरीले हस्तक्षेप गरेको छ ।
केसीको स्वास्थ्य अवस्था नाजुक भयो भनेर नारावाजी पनि गर्ने अनि थप उपचारका लागि काठमाडौँ ल्याउन खोज्दा रोक्न खोज्नेविरुद्ध प्रहरीले हस्तक्षेप गरी लाठी चार्ज गरेको हो ।
कांग्रेस कार्यकर्तालाई लाठी प्रहार गरी तितरवितर पारेपछि केसी काठमाडौँ आउन सहमत भएका छन । केसीलाई केहीबेरमा नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याएर शिक्षण अस्पतालमा राख्ने तयारी गरिएको छ ।
प्रकाशित मिति : ३ श्रावण २०७५, बिहीबार १२:२९