५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

अमुक लुटेराको स्वार्थपूर्ति गर्न केसीको अनसनः स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन

३ साउन, काठमाडौँ । नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनले अमुक लुटेराहरुको स्वार्थपूर्तिका लागि डा गोविन्द केसी अनसन बसेको आरोप लगाएको छ ।

नेपाल चिकित्सक संघले अल्पमतको निर्णयबाट देशैभरका स्वास्थ्यसंस्था बन्द गरी सरकारको बिरोधमा उत्रने घोषणा गरेको केहीबेरमा विज्ञप्ति मार्फत युनियनका अध्यक्ष चन्द्र थापाले अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा हुने हड्ताल अमान्य हुने बताएका छन । थापाले केसीको बारम्बारको अनसन र गैरकानुनी रुपमा हुने अस्पताल बन्द देश र जनताका लगि हुनै नसक्ने बताएका छन ।

 

युनियनकी महासचिव कमला लुईटेलले सरकारी अस्पताल बन्द गर्दा निजी क्लिनिकमा जनतालाई लुट्न पठाएजस्तो हुने बताएकी छिन । उनले अमुक लुटेराको स्वार्थ सिद्ध गर्न एक जना केसीलाई मोहरा बनाएर विधि र कानुन विपरितका गतिबिधि मौलाउने र स्वास्थ क्षेत्रका विसङ्गति यथावत रहने अवस्था आएको भन्दै चिन्ता प्रकट गरिन । महासचिव लुइटेलले युनियन आवद्ध स्वास्थ्यकर्मी तथा कर्मचारी सबै काममै रहेको समेत बताएकी छिन ।

प्रकाशित मिति : July 19, 2018 at 11:56 am