३ जेष्ठ २०८१, बिहीबार | Thu May 16 2024

कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि सञ्चालन हुने (तालिकासहित)


१६ भदाै, काठमाडाैँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी भदौ ३० गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ  । कोरोना महामारीका कारण स्थगित गरिएको परीक्षा भदौ ३० गतेदेखि सञ्चालन गर्न लागिएको हो ।

परीक्षा बोर्डले बुधबार जारी गरेको सूचनामा संगीत, ललितकला र संस्कृत विषय समूह तथा प्राविधिक विषय समूह तर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरूको वार्षिक परीक्षा सम्बन्धित विद्यालयमै परीक्षा केन्द्र कायम गरी स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र सामाजिक दुरीको पालना गरी सञ्चालन गर्न लागिएको जनाइएकाे छ ।

परीक्षा असोज ८ गतेसम्म सञ्चालन हुनेछ । सरकारले यसअघि परीक्षाको तयारीमा रहेका विद्यार्थीहरुलाई कोरोनाविरुद्धको खोप अभियान समेत सञ्चालन गरिसकेको थियो ।

यस्ताे छ परीक्षा तालिकाः

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार २०:०६