दाङकाे कृषि फर्ममा आगलागी लाखौँको क्षति
३ साउन,दाङ । दाङकाे शिवमाया बहुउद्देश्यीय कृषि फर्ममा बुधबार आगलागी भएको छ ।
बुधबार दिउँसो तुल्सीपुर–८, अश्वारास्थित कम्पनीले उत्पादन गर्दै आएको बनाना चिप्स र नमकिन उत्पादनका क्रममा प्लास्टिकबाट आगो सल्किएको फर्मका सञ्चालक भागवत कमलापुरीले जानकारी दिनुभएको ।
आगलागीबाट कम्पनीले उत्पादन गरेका नमकिन तथा चिप्स पूर्णरुपमा जलेका छन् भने केही मेसिनमा समेत क्षति पुगेको छ । आगलागीबाट फर्ममा झण्डै रु नौ लाखको क्षति भएको सञ्चालक कमलापुरी बताउनुभयो ।
तुल्सीपुर–८, अश्वारामा रहेको कृषि फर्मले केही महिनादेखि विभिन्न परिकारका चिप्स तथा नमकिन उत्पादन गर्दै आएको छ ।
प्रकाशित मिति : ३ श्रावण २०७५, बिहीबार ०८:१८