बागमती प्रदेशका सामाजिक विकासमन्त्री खनालले दिए राजीनामा
१६ भदौ, मकवानपुर । बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री कृष्णशर्मा खनालले राजीनामा दिएका छन् । एकीकृत समाजवादीका लागि हिजो सनाखत गरेका उनले बुधबार विहान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य समक्ष राजीनामा बुझाएका हुन् ।
उनी एमाले विभाजनपछि बनेको एकीकृत समाजवादीका केन्द्रीय सदस्य समेत हुन् । शाक्य नेतृत्वको सरकारलाई काम गर्न सहज होस् भनेर आफूले पदबाट राजीनामा दिएको खनालले बताएका छन् ।
प्रकाशित मिति : September 1, 2021 at 10:32 am










