२९ कार्तिक २०८१, बिहीबार | Fri Nov 15 2024

अस्पताल बन्द गरेर कांग्रेसको सभामा नजाने दुर्इ चिकित्सक संघको निर्णय (विज्ञप्तिसहित)

३ साउन, काठमाडौं । दुई वटा संस्थामा आवद्ध चिकित्सकहरुले अस्पताल आमहड्ताल हुन नदिने निर्णय गरेको छ । साथै ती दुबै संस्थाले सेवा बन्द गरेर सरकारविरुद्ध कांग्रेसले आयोजना गरेको माइतीघरको सभामा सहभागी नहुने निर्णय गरेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्वद्ध चिकित्सकहरुले आकस्मिक बाहेकका स्वास्थ्य सेवा बन्द गर्ने नेपाल चिकित्सक संघको निर्णय अवज्ञा गर्ने भएका हुन ।

अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ र राष्ट्रिय चिकित्सक संघले स्वास्थ्य संस्था बन्द गर्ने निर्णयप्रति असहमति जनाएका हुन् । उनीहरुले डा. गोविन्द केसीसँग वार्ता सुरु भइसकेको अवस्थामा चिकित्सक संघ कांग्रेसको गोटी बनेको महासंघ र संघले आरोप लगाएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७५, बिहीबार ०६:११