२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

पार्टी एकताको पक्षमा उभिन प्रदेश र स्थानीय जनप्रतिनिधिलाई एमालेको निर्देशन

१४ भदाै, काठमाडाैँ । नेकपा एमालेले दल विभाजनमा सहभागी नहुन र पार्टी एकताको पक्षमा उभिन प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई निर्देशन दिएको छ । गत भदौ ८ गतेको स्थायी समिति र १० गते बसेको केन्द्रीय कमिटी बैठकका निर्णयसहित जारी गरिएको अन्तरपार्टी निर्देशनमा पार्टी विभजानका लागि ल्याइएको अध्यादेशबाट प्रभावित नहुन भनिएको छ ।

स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकका निर्णय कार्यान्वयन गराउन जारी गरिएको उक्त अन्तरपार्टी निर्देशन (अपानी) मा स्थानीय तहका जनप्रतिनिधिहरूले समेत दल त्याग गर्नसक्ने प्रावधान राखिएकोले अध्यादेशको उक्त प्रावधान संविधानको अक्षर र भावनाविपरीत रहेको निष्कर्षसहित बैठकले उक्त व्यवस्थाको कानुनी प्रतिवाद गर्ने निर्णय गरेको उल्लेख गरिएको छ ।

त्यसैगरी निर्वाच आयोगले जारी गरेको २१ दिनसम्म प्रदेशसभा सदस्यहरु तथा स्थानीय तहका जनप्रतिनिधिले पार्टि रोज्नु पर्ने सुचनाबाट पनि प्रभावित नभई विभाजन र विखराव ल्याउने प्रयासका विरुद्ध दृढतापूर्वक उभिन र पार्टीको पक्षमा सक्रिय भूमिका निर्वाह गर्न हाम्रो पार्टीको तर्फबाट निर्वाचित सबै प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिधिहरूलाई बैठकले निर्देशित गरेको छ ।’ उक्त अपानीमा लेखिएको छ ।

प्रकाशित मिति : August 30, 2021 at 12:18 pm