२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

गुरिल्ला सभामुखले द्वन्द्वकालको झल्कोदिने गरी न्यायाधीश बन्न खोजेः नेता बस्नेत

१४ भदाै, काठमाडाैँ । नेकपा एमालेका प्रभावशाली युवा नेता एवं पूर्वमन्त्री महेश बस्नेतले सभामुख अग्नि सापकोटाले द्वन्द्वकालको झल्कोदिने गरी न्यायाधीश बन्न खोजेको बताएका छन । सामाजिक सञ्जालमा लामो टिप्पणी गर्दै बस्नेतले कांग्रेस नेता मोहन बस्तेको घोषणा अनुसार सापकोटाले कुकर्मको सूचीमा अर्को काम थपेको बताए ।

यस्तो छ बस्नेतको टिप्पणी 

प्रचण्ड, देउवा, माकुने, उपेन्द्र र बाबुरामको एकमात्र अभिष्ट एमाले सिध्याउने छ भन्ने कुरा घाम जत्तिकै छर्लङ्ग छ । अदालतको सेटिङ्गमा परमादेश जारी गरियो, देउवा सत्तासिन भए, सवा महिना मन्त्री परिषद गठन हुन सकेन ।

चालू संसदको अधिवेशन हठात अन्त्य गरेर अन्तर्राष्ट्रिय रुपमा कुनै पनि लोकतान्त्रिक मुलुकले अभ्यास नगरेको २० प्रतिशत केन्द्रीय सदस्य वा सांसदको हस्ताक्षरबाट पार्टी फोर्न पाउने अध्यादेश जारी गरियो। निर्वाचन आयोगको नियमावली र हस्ताक्षर सनाखत प्रक्रिया विवाद र अब्जेक्सनका बीच बहुत तिब्र गतिमा टुङ्गाइयो ।  दल दर्ताको प्रक्रिया फास्ट ट्र्याकमा बैधानिकता प्रदान गरियो ।

संविधान, राजनैतिक दलसित सम्बन्धित कानून र प्रतिनिधिसभा नियमावली अनुसार गत बैशाख २७ गते सदनमा आफ्नो सरकारले विश्वासको मत लिने प्रक्रियालाई चुनौति दिदै पार्टीको ह्विप उलंघन गर्ने १४ सांसदहरुलाई केन्द्रीय कमिटी र संसदीय दलबाट आवश्यक प्रक्रिया पूरा गरी कारबाही गरी निष्कासन गरिएकोमा जनयुद्धबाट आएका गुरिल्ला सभामुख अग्नि प्रसाद सापकोटाले सामान्य सूचना टाँस गर्नु पर्नेमा अबैधानिक ढंगले विधायिकी अधिकार प्रयोग गरेर द्वन्द कालको झझल्को दिने गरी सर्वोच्च अदालातको समानान्तर अभ्यास गरेर न्यायधीश जस्तो कसैको पद रिक्त नहुने फैसला सुनाएछन्।

बिगतमा राजपाको सांसद सरिता गिरी, पूर्व माओवादी सांसदहरु लेखराज भट्ट, टोप बहादुर रायमाझी, प्रभु शाह लगायतलाई आफैले कारबाही गरेको, सूचना टाँस गरेको, प्रक्रियाको नजिरलाई समेत चुनौती दिएका छन् ।

संसदीय इतिहासमा यो बिभेदकारी र गैह्र संसदीय निर्णयको उनले पटक पटक जवाफ दिनैपर्छ। देउवाको असक्षमता र अकर्मण्यताको कारण मुलुकको विकासको गतिविधि रोक्ने र अनिर्णयकोबन्दी बनिरहेको बेला अग्नि सापकोटाको कारण दलहरुको बीचमा द्वन्द्व झन बढाउने काम भैरहेको छ ।

आगामी दिनमा त्यो द्वन्द्व सदन र सडकमा समेत प्रकट हुनेछ । दाँतको उपचार गरेको बहाना गरेर बसेको बेलामा कांग्रेसका नेता मोहन बस्नेतले अग्नि सापकोटा चाँडै जेल जान्छन् भनेर उदघोष गरिरहँदा उनले थप कुकर्म गरेका छन् । समयक्रममा यसको उचित हिसाब तिर्नै पर्ने छ।

प्रकाशित मिति : August 30, 2021 at 10:28 am