बाँके जिल्ला प्रशासनमार्फत २५ करोड बराबरको राहत वितरण
२ साउन,नेपालगन्ज । बाँके जिल्ला प्रशासनमार्फत गत आवमा करिब रु २५ करोड बराबरको राहत वितरण भएको छ ।
आगलागी, बाढीपीडित, चट्याङ, करेन्ट, द्वन्द्वपीडित, अपांग, घाइतेलगायतलाई उक्त रकम बराबरको राहत उपलब्ध गराइएको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिनुभयो । आज जिल्ला प्रशासन कार्यालयमा आयोजित पत्रकार भेटघाटमा प्रजिअ केसीले हालसम्म रु तीन लाख ४४ हजार ७७ थान नागरिकता वितरण गरेको बताउनुभयो ।
उहाँका अनुसार आव २०७४÷७५ मा १६ हजार ४५१ थान नागरिकता र छ हजार १३३ थान राहदानी वितरण गरिएको छ । यसैगरी, जिल्ला प्रशासन कार्यालयमा हालसम्म एक हजार ५३५ संस्था दर्ता, नौ कानूनी विवाह दर्ता र १८८ नाबालक परिचयपत्र वितरण भएको प्रजिअ केसील जानकारी दिनुभयो ।
प्रकाशित मिति : २ श्रावण २०७५, बुधबार १९:५२