माधव नेपाललाई योगेश भट्टराईको जवाफः आफैँसँग भएकालाई अध्यक्ष बनाउनुस्
१३ भदौ, काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई आफ्नै नजिक रहेकालाई अध्यक्ष बनाएर देखाउन चुनौति दिएका छन ।
शनिबार नेपालले दोस्रो तहका नेताहरूले धेकेलेर आफूलाई विभाजन पठाएर साथ छोडेको भन्दै समाजवादीमा आएर अध्यक्ष बन्न आग्रह गरेका थिए ।
नेपालको उक्त अभिव्यक्ति सुनेका सचिव भट्टराईले ट्वीटर मार्फत आफैँसँग भएका नेतालाई अध्यक्ष बनाएर उदाहरण पेश गर्न सुझाव दिएका हुन । उनले भनेका छन, ‘राम्रो कुरा हो, स्वागत गर्दछु। आफैँसँग भएकालाई बनाएर, उदाहरण देखाइदिए झनै राम्रो हुने थियो।’
प्रकाशित मिति : August 29, 2021 at 9:47 am










