२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

ओलीविरुद्धको लडाइँमा मलाई घचेटेर अघि बढ भन्नेहरूले नै धाेका दिएः माधव नेपाल

१२ भदाै, काठमाडाैँ । नवगठित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले ओलीविरुद्धको लडाइमा अघि बढ भन्नेहरूले नै धाेका दिएकाे बताएका छन् ।

पेशागत महासंघ नेपाल, बागमती प्रदेशद्वारा आयोजित ललितपुर जिल्लास्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई  शनिबार सम्बोधन गर्दै  उनले आफूलाई उक्साउनेहरुले नै धोका दिएको बताएका हुन् ।

‘ओलीविरुद्धको लडाइँमा मलाई घचेटेर अगाडि बढ भने तर मैले पछाडि हेर्दा त कोही पनि छैन। सबै खुट्टा कमाएर हिँडिसकेछन्,’ उनले भने । ओलीविरुद्धको लडाइमा तीनै नेताहरुले भनेबमोजिम कदम चालेको र, ओलीलाई प्रधानमन्त्रीबाट हटाउन सफल पनि भएको उनले बताए ।

उनले भने, ‘ओलीविरुद्धको लडाइँमा अगाडि बढ्नोस् जोसुकैलाई प्रधानमन्त्री बनाए हुन्छ तर केपी ओलीलाई फाल्नै पर्छ भनेका थिए । उनीहरुले भनेपछि ओलीलाई संसदबाटै फाल्न म लागेकै हो। सडकबाट फाल्न नसकिने भएकाले संसदको गतिविधिमा भाग नलिएर बहिष्कार गर्‍यौँ। त्यहीकारण ओलीले सत्ता पनि छाड्नुपर्यो।’

प्रकाशित मिति : August 28, 2021 at 6:46 pm