१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

नक्कली प्रहरी बनेर व्यवसायी धम्काउने १ जना पक्राउ

११ भदौ, कपिलवस्तु । इलाका प्रहरी कार्यालय पिपराले नक्कली प्रहरी बनेर व्यवसायी धम्काएकाे आरोपमा एक जनालाई पक्राउ गरेको छ । बाणगंगा नगरपालिका-४ सिद्धिपुर चोकको एक होटेल सञ्चालकलाई थर्काए बुद्धभूमी नगरपालिका-१० भगवानपुरका २५ वर्षीय आसिक अलि मुसलमानलाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक दान बहादुर कार्कीले जानकारी दिए ।

मुसलमानले आफू घुमुवा प्रहरी भएको बताउँदै व्यवसायीलाई धम्काउने, पैसा माग्ने गरेको प्रहरीले जनाएको छ । केही महिनादेखि प्रहरी हु भन्दै थर्काउने, डर देखाउने, होटेलमा खाने, पैसा नतिर्ने गरेको उजुरी आएपछि पक्राउ गरिएकाे इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दिनेश गुरुङले बताए ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार १४:०८