२ असार २०८१, आईतवार | Sun Jun 16 2024

काबुलमा अमेरिकी मिसन रोकिदैनः राष्ट्रपति बाइडन


११ भदाै, काठमाडाैँ । अफगानस्थानको राजधानी काबुलस्थित विमानस्थलमा भएको आतंकवादी हमलापछि अमेरिका क्रूध भएको छ। बिहीबार साँझ भएका दुई विस्फोटमा ६० जनाको ज्यान गएको छ ।

चार अमेरिकी सैनिकसहित १३ जना आफ्ना नागरिक मारिएपछि राष्ट्रपति जो बाइडनले हमलाकारीलाई नछाड्ने चेतावनी दिएका छन् ।

पेन्टागनका अनुसार अमेरिकी सैनिकका लागि यो हमला सन् २०११ यताकै सबैभन्दा खतरनाक हो। बाइडनले भनेका छन्,’यो हमलाको पछाडि जो सुकै होस्, हामी पत्ता लगाएरै छाड्ने छाै‌ं। यसको मूल्य हमलाकारीले चुकाउनुपर्नेछ । हामी माफ गर्ने छैनाैं।’

अमेरिकीलाई आफ्नो काममा आतंकवादीले राेक्न नसक्ने बताउँदै उनले काबुलमा अमेरिकी मिसन नरोकिने बताएका छन् । मान्छेलाई सुरक्षित साथ अफगानिस्थानबाट बाहिर निकालिने उनले बताए । बिबिसीका अनुसार काबुल विमानस्थलको हमला इस्लामिक स्टेट समूहले लिएको छ

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार ०९:३६