२ असार २०८१, आईतवार | Mon Jun 17 2024

एमाले निर्वाचन आयोग र सभामुखविरुद्ध कानूनी उपचारमा जाने


१० भदाै, काठमाडाैँ । पार्टीको कारवाहीमा परिसकेका व्यक्तिलाई सनाखत गराएर नयाँ दल दर्ता गरेको भन्दै नेकपा एमाले निर्वाचन आयोगविरुद्ध अदालत जाने भएकाे छ ।

बिहिबार बसेकाे पार्टी केन्द्रिय कमिटी बैठकले १४ जना सांसदलाई विधान र कानूनबमोजिम गरिएको कारवाहीलाई अघि नबढाएकोमा सभामुख अग्नि सापकोटा र कारवाहीमा परेका व्यक्तिको सनाखत लिएकोमा निर्वाचन आयोगविरुद्ध कानूनी उपचारमा जाने निर्णय गरेको सचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

बैठकले पार्टी विभाजनमा लागेका केन्द्रीय सदस्यहरुको नाम निर्वाचन आयोगमा एमालेको अभिलेखबाट हटाउने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार १६:१९