२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

लोकतान्त्रिक समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठक सुरु

१० भदाै, काठमाडाैँ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ ।

जसपाबाट विभाजन भएर लोसपा दर्ता भएको भोलिपल्ट बिहीबार केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेको हो । जसपाको आधिकारिकता उपेन्द्र यादव समूहले पाएपछि महन्थ ठाकुर, राजेन्द्र महतोसहितका नेताहरुले लोसपा पार्टी गठन गरेका हुन् ।

लोसपा दल दर्ताको प्रमाणपत्र बुधबार निर्वाचन आयोगले दिएको थियो । जारी बैठकमा पार्टीको आगामी रणनीतिसहितका विषयमा छलफल हुनेछ ।

प्रकाशित मिति : August 26, 2021 at 3:35 pm