२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

एमाले केन्द्रीय कमिटीको बैठक जारी

१० भदाै, काठमाडाैँ । नेकपा एमाले केन्द्रीय कमिटीको बैठक ललितपुरमा शुरू भएको छ । बिहीबार तुल्सिलाल स्मृति प्रतिष्ठानमा केन्द्रीय कमिटीको बैठक शुरू भएको हो ।

माधव नेपालको साथ छाडेका १० जना नेताहरू पार्टीको काममा फर्केपछि एमालेको यो पहिलो केन्द्रीय कमिटीको बैठक हो । यसअघि स्थायी कमिटी बैठकले मंसिर १० देखि १२ गतेसम्मको लागि पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल लगायतको तप्काले नयाँ पार्टी गठन गरेर कम्युनिस्ट आन्दोलन नोक्सान पार्ने काम गरेको आरोप लगाए । एमालेले केन्द्रीय कमिटीको आजको बैठकमार्फत नयाँ पार्टी गठनमा लागेका नेताहरूलाई कारवाही गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : August 26, 2021 at 1:09 pm