१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

समाजिक सञ्जालमा अश्लील फोटो प्रचार गर्ने नेपाली कांग्रेसकी नेतृ पक्राउ

९ भदाै, सिन्धुली । अश्लील फोटो सामाजिक सञ्जालमा फैलाएर प्रचार गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले सोलुखुम्बु नेचासल्यान गाउँपालिका–१ घर भई कपन बस्ने ३६ वर्षीय इन्दिरा निरौलालाई बुधवार पक्राउ गरी साइबर ब्यूरो भोटाहिटीलाई बुझाएको हो । नेपाली कांग्रेस सिन्धुली जिल्ला कार्यसमिति सदस्यसमेत रहेकी निरौला उजुरी पश्चात फरार थिइन् ।

प्रहरीको खोजी सूचीमा रहेकी उनलाई ठाउँ बदल्दै भागी हिँड्ने क्रममा प्रहरीले कपनबाट पक्राउ गरेको हो । एक पीडित महिलाको चरित्र हत्या गर्ने उद्देश्यले व्यक्तिगत तस्वीरहरू साथै आपत्तिजनक म्यासेजलाई विभिन्न व्यक्तिको भाइबर, फेसबुक म्यासेन्जरलगायतका सामाजिक सञ्जालमा पठाएको भन्दै प्रहरी कार्यालयमा उजुरी परको थियो । निरौलालाई विद्युतीय कारोबार ऐन, २०६३ अनुसार आजै काठमाडौँ जिल्ला अदालतबाट चार दिनको म्याद थप भई कार्वाही भइरहेको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार १७:५१