२१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026

एनआईसी एशिया बैंकले गर्यो २० लाख बीमा रकम भुक्तानी

९ भदाै, काठमाडौँ । एनआईसी एशिया बैंकले ल्याएको न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजना अन्तर्गत दुई जना खातावालालाई जनही १० र १० लाख गरी कुल २० लाख बीमा रकम भुक्तानी गरेको छ ।

कमलादी शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ को खाता खोल्न टोखा नगरपालिका–५, बसुन्धारा बस्ने ५८ वर्षीय अमरनाथ श्रेष्ठले घातक रोगको उपचार बीमा वापत १० लाख बीमा रकम भुक्तानी पाएका छन । १० लाख बराबरको चेक श्रेष्ठको पत्नी रुकमती श्रेष्ठलाइ बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

बैंकको कञ्चनपुर जिल्लास्थित पुनर्वास शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘प्राइम श्रेणी’ को खाता खोलेका पुनर्वास–६, कञ्चनपुर बस्ने रमेश अर्यालले दुर्घटनामा मुत्यु भएसंगै उनको पत्नी विनिता सुवेदीलाई दुर्घटना बीमा वापत रू १० लाख बीमा रकम भुक्तानी गरेको बैंकले जनाएको छ ।

बैंकले बीमा सहितको निक्षेप योजनाअन्तर्गत हालसम्म देशभरका ५ सय ५० जना भन्दा बढी ग्राहकहरूलाई बीमा वापतको ३ करोड ५८ लाख भन्दा बढी रकम प्राप्त हस्तान्तरण गरेको छ । बैंकले मुलुकभर रहेका ३५६ शाखा कार्यालयहरू, ४७२ एटिएम, ७० वटा विस्तारित काउण्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गदै आएको छ ।

प्रकाशित मिति : August 25, 2021 at 5:13 pm