३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

माओवादीसँग एकता गरेर चार महिनाभित्र देशकै ठूलो पार्टी बन्छौंः नेता चौधरी

९ भदाै, काठमाडाैँ । प्रस्तावित एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले आफूहरुले गठन गरेको पार्टी चार महिनापछि देशकै सबैभन्दा ठूलो बन्ने बताएका छन् । नेकपा माओवादी केन्द्रलगायतका कम्युनिष्ट घटकसँग पार्टी एकता गर्ने तर एमालेसँग कुनै सहकार्य नहुने उनले बताए ।

चौधरीले निर्वाचन आयोगमा एकीकृत समाजवादीको सनाखत प्रक्रिया चलिरहँदा पत्रकारहरुसँग कुरा गर्दै आफूहरुले सोचेभन्दा धेरैको सनाखत भएको समेत बताए । उनका अनुसार अहिलेसम्म ५५ जना केन्द्रीय सदस्य र २९ जना सांसदको सनाखत भइसकेको जानकारी दिए ।

उनले भने, ‘हामीले माओवादी केन्द्र, जनमोर्चादेखि विप्लव, मोहन वैद्यलगायतका पार्टीसँग एकताको प्रक्रिया अगाडि बढाइसकेका छौं । त्यो चाँडै सम्पन्न हुन्छ।’

प्रकाशित मिति : 14:26