३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

महन्थको पक्षमा १४ सांसद, १७ केन्द्रीय कार्यकारिणी सदस्यको हस्ताक्षर प्रमाणीकरण

९ भदाै, काठमाडौँ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका १४ जना सांसद र कार्यकारी समितिका १७ जनाले हस्ताक्षर प्रमाणीकरण गरेका छन् । निर्वाचन आयोगले दिएको समयसीमा भित्रै आयोग परिसरमा सशरीर उपस्थित भएर नयाँ दल दर्ताका लागि समाजवादीका सांसद र केन्द्रीय कार्यकारिणी सदस्यले हस्ताक्षर प्रमाणीकरण गरेका हुन ।

‘आज निर्वाचन आयोगमा १४ जना संघीय सांसद र १७ जना कार्यकारिणी सदस्यको उपस्थित रहेको छ’ कार्यकारी सदस्य केशव झाले भने । उपेन्द्र यादवले जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)ले आधिकारिकता पाएपछि महन्थ ठाकुर–राजेन्द्र महतो नेतृत्वमा आज आयोगमा अलग पार्टी लोकतान्त्रिक समाजवादी पार्टी गठन गर्न सनाखत गरेका हुन् ।

प्रकाशित मिति : 13:32