६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

कुमारी बैंकको ४० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

९ भदाै, काठमाडाैँ । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएकाे छ । बैंकका संस्थापक सेयरधनीले आफ्नाे नाममा रहेकाे ४० हजार कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले उक्त सेयर बिक्री गर्न लागेकाे बैंकले एक सूचना जारी गर्दाै जनाएकाे छ ।

नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएकाे मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंककाे सेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड, नक्साल वा बैंककाे केन्द्रिय कार्यालय, टंगाल, काठमाडाैँमा आइपुग्ने गरी निवेदन दिन बैंकले आग्रह गरेको हो ।

प्रकाशित मिति : August 25, 2021 at 11:16 am