एमालेका सबै पदाधिकारीलाई जेठ २ पूर्वको जिम्मेवारीमा क्रियाशील हुन निर्देशन
८ भदाै, काठमाडाैँ । नेकपा एमालेको स्थायी कमिटीकाे बैठकले २०७५ जेठ २ गते पूर्वको जिम्मेवारीमा क्रियाशील हुन सबै पदाधिकारी र सदस्यलाई निर्देशन दिएको छ । प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीका सबै पदाधिकारीलाई काममा फर्किन निर्देशन दिने निर्णय भएको जानकारी दिए ।
मंगलवारको बैठकमा एकताको पक्षमा रहेका १० जना स्थायी कमिटी सदस्य समेत सहभागी भएकाे बैठकका निर्णय सुनाउँदै प्रवक्ता ज्ञवालीले भने, ‘सबै तहका पार्टी कमिटी र जनसंगठनलाई २०७५ जेठ २ गते पूर्वको जिम्मेवारीमा क्रियाशील हुन निर्देशन दिने निर्णय भयाे,’ उनले अगाडि थपे, ‘१० बुँदे प्रस्तावलाई सन्दर्भ सामग्रीका रूपमा मातहत कमिटीमा प्रेषित गर्ने निर्णय भएको छ ।’
प्रकाशित मिति : 18:26









