१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

‘पत्रकार हुँ’ आफ्नो कम्पनीमा सेयर खुलेको छ भन्दै ठगी गर्ने दुईजना पक्राउ

८ भदौ, सुर्खेत । पत्रकारको नाममा ठगी गरेको आरोपमा सुर्खेत प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । आफू पत्रकार भएको र आफ्नो कम्पनीमा सेयर खुलेको भन्दै ठगी गरेको आरोपमा धर्मेन्द्र शाही र राजेन्द्र विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम डिएसपी रामप्रसाद घर्ती बताए ।

उनले भने, ‘एक टेलिभिजनको सुर्खेत संवाददाता हो भनेर उनीहरुले परिचय दिएको खुलेको छ ।’ उनीहरुमाथि ठगी मुद्दामा ५ दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलवार १६:२४