३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

सनाखतका लागि माधव नेपालका नेतालाई निर्वाचन आयोगमा बुधबार ११ देखि २ बजेसम्मको समय

८ भदौ, काठमाडौँ । निर्वाचन आयोगले प्रस्तावित नेकपा एकीकृत समाजवादी दल दर्ताका लागि सनाखत गर्न नेताहरुलाई समय तोकेर बोलाएको छ ।

एमालेबाट अलग्गिएर माधवकुमार नेपालले एकीकृत समाजवादी दल दर्ताका लागि आयोगमा दिएको निवेदनउपर कारबाही प्रक्रिया अघि बढाइएको हो ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले एकीकृत समाजवादी दल दर्ताका लागि नेताहरुको सनाखत गर्न बुधबार बिहान साढे ११ देखि दिउँसो २ बजेसम्म कार्यालयमा उपस्थित हुन समय तोकेको न्युज कारखानालाई जानकारी दिए ।

एकीकृत समाजवादी पार्टीका नेताहरु अहिले चन्द्रागिरीमा भेलामा छन् । बेलुकासम्म नेताहरु फर्कने तयारीमा छन् ।

प्रकाशित मिति : 13:47